
काठमाडौं, भदौ २२ । आइतबार सुनको मूल्यमा सामान्य कमी आएको छ । अन्तर्राष्ट्रिय बजार पछ्याउँदै यस दिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ५ सय रुपैयाँले ओरालो लागेर ७१ हजार ५ सयमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार पनि तोलामा १४ सयले कमी आई ७२ हजारमा कारोबार भएको थियो ।
आइतबार चाँदीको भाउ पनि १५ रुपैयाँले घटेर ८ सय ८५ मा कारोबार भएको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा आइतबार साँझसम्म सुन प्रति औंन्स १५ सय १५ डलर हाराहारीमा कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्