
चितवन, भदौ १८ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले भरतपुर विमानस्थलको क्षेत्र विस्तारका लागि अब बैठक नभइ काम हुने बताएका छन् ।
बुधबार भरतपुर महानगरपालिकाद्वारा आयोजित भरतपुर विमानस्थल विस्तार एवं सुधारसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले बैठक र छलफल गरेरमात्रै नहुने भन्दै अब काम हुने बताए ।
कार्यक्रममा सहभागीहरुबाट भरतपुर विमानस्थलको विस्तारका लागि विमानस्थलनजिकै रहेको नेपाली सेनाको ब्यारेक र घोडा प्रजजन् केन्द्रको जग्गा प्रयोग गर्नुपर्ने सुझाव आएपछि मन्त्री भट्टराईले एक हप्ताभित्र रक्षामन्त्री, प्रधानसेनापतिलगायत अरु विशिष्ट व्यक्तिहरुसँग बसेर निचोड निकाल्ने बताए ।
उनले भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाललाई विमानस्थलनजिक रहेको नेपाली सेनाको ब्यारेक स्थानान्तरणका लागि जग्गा खोज्न र मापदन्डविपरीतका भवनहरु निर्माणमा रोक लगाउन आग्रहसमेत गरे ।
कार्यक्रममा सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहालको पनि सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्