
काठमाडौं, भदौ १५ । साताको शुरुको दिन आइतबार शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।
यस दिन उतार चढावबीच बजार परिसूचक नेप्से साढे ११ अंकले झरेर ११८४ मा आएर थामियो । वित्त समूह नगन्य अंकले मात्र हरियो रहेबाहेक अरु सबै समूह ओरालो लागे ।
जीवन बीमा समूहमा सबैभन्दा उच्च १४३ अंकको गिरावट आयो । निर्जीबन बीमा समूह पनि ८० अंकले झ¥यो ।
उत्पादनमूलक समूह ४० अंक र होटल समूहमा पनि ३५ अंकको गिरावट आयो ।
जलविद्युत, लघुवित्त समूह पनि दोहोरो अंकले झरे । यस दिन नेपाल स्टक एक्सचेन्जमा १६९ कम्पनीको ११ लाख बराबर कित्ता शेयर जम्मा ३० करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्