४ श्रावण २०८२, आइतबार | Mon Jul 21 2025


जुम्लामा ‘एप्पल फेस्टिभल’


0
Shares

जुम्ला, भदौ १४ । जुम्ली स्याउको उत्पादन, बजारीकरण र प्रवर्द्धनका लागि शनिबार जुम्लाको खलंगामा दोस्रो ‘एप्पल फेस्टिभल’को आयोजना गरिएको छ ।

काञ्जिरोवा मासिक पत्रिकाले जिल्लाको एक नगरपालिकासहित सात गाउँपालिका, कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, स्याउ सुपरजोन, उच्च पर्वतीय कृषि अनुसन्धान परिषद्लगायतको सहकार्यमा एकदिने महोत्सव आयोजना गरेको हो ।

महोत्सवमा स्याउको जुस, जाम, लस्सी, एप्पल मिल्क सेक, मालिन चानालगायत विभिन्न परिकारका ३० बढी स्टल राखिएका थिए ।

स्याउको महत्व झल्काउने र स्थानीय संस्कृतिको जर्गेना हुने सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिएको थियो ।