४ श्रावण २०८२, आइतबार | Mon Jul 21 2025


‘विवाहयोग्य उमेर २० वर्ष, यौनसम्पर्क राख्न योग्य उमेर १८ वर्ष हुँदा न्यायनिरुपणमा अप्ठ्यारो’


0
Shares

काठमाडौं, साउन २२ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कन्चनपुरकी बालिका निर्मला पन्त हत्याकान्डमा प्रहरी तत्काल संवेदनशील नहुँदा समस्या भएको बताएका छन् ।

बुधबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले समाजमा हुने यस्ता घटनाले बृहत् बहस सिर्जना गर्ने बताए ।

अपराध तथा दुर्व्यसनमुक्त समाज बनाउन ठोस नीति निर्माण गरिनुपर्ने र निजी तथा सरकारी, गैरसरकारी क्षेत्र क्रियाशील हुनुपर्ने मन्त्री पोखरेलको भनाइ थियो ।

‘परिभाषा त्रुटिपूर्ण’

कार्यक्रममा काठमाडौं जिल्ला अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराईले विवाहयोग्य उमेर २० वर्ष र यौनसम्पर्क राख्न योग्य उमेर १८ वर्ष हुँदा न्यायनिरुपणमा अप्ठ्यारो पर्ने गरेको बताए ।

यसैगरी, उनले फौजदारी अपराध संहितामा पुरुषको पनि जबर्जस्ती करणी हुनसक्छ भन्ने सोच विधायिकाले नराख्दा परिभाषा नै त्रुटिपूर्ण रहेको औंल्याए ।