४ श्रावण २०८२, आइतबार | Mon Jul 21 2025


धनकुटामा अनलाइनमार्फत जग्गाधनी प्रमाण पुर्जा वितरण सुरु


0
Shares

धनकुटा । मालपोत कार्यालय धनकुटाले अनलाइन जग्गाधनी पुर्जा वितरण सुरु गरेको छ ।

कागजी प्रक्रियाबाट काम गर्दा ढिलो र झन्झटिलो भएको भन्दै अनलाइनमार्फत जग्गाधनी प्रमाण पुर्जा वितरण सुरु गरिएको कार्यालयले जनाएको छ ।

भूमि सुधार मन्त्रालयले हालसम्म १ सय ३१ मालपोत कार्यालय मध्ये ७८ वटामा अनलाइन प्रणाली लागू गरेको छ ।

गुणस्तरीय सेवा प्रदान गर्न र एउटै जग्गा जालसाँझी गरि फरक फरक व्यक्तिलाई बेच्दै ठगी गर्न नसकुन् भनेर अनलाइन प्रकृयामार्फत जग्गाधनी प्रमाण पुर्जा वितरण सुरु गरिएको कार्यालयले जनाएको छ ।

अनलाइन प्रणाली शुरु भएपछि आफ्नो जग्गा कति छ भनेर सेवाग्राहीले मोबाइलमार्फत नै विवरण लिन सक्ने छन् ।