
काठमाडौं । काठमाडौको कालिमाटीस्थित टंकेश्वरमा बुद्धलाल तामाङ मृत अवस्थामा भेटिएका छन् ।
काभ्रे स्थायी घर भएका उनी हाल काठमाडौको वनदेवीमा बस्दै आएका थिए ।
उनलाई आज बिहान स्थानीयले मृत अवस्थामा फेला पारेर प्रहरीलाई खबर गरेका थिए ।
तामाङको मृत्यु बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनी सवारी चालकको रुपमा काम गर्दे आएको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्