४ श्रावण २०८२, आइतबार | Sun Jul 20 2025


करणीका मुद्दामा पुनरावेदन पर्नेक्रम बढ्दो


0
Shares

कविराज घिमिरे (इमेज)

धनकुटा, साउन १७ । कोसी पहाडका चार जिल्लामा करणीका मुद्दामा बढी पुनरावेदन पर्ने गरेको पाइएको छ ।

उच्च अदालत विराटनगरको धनकुटा इजलासले दिएको जानकारीअनुसार गत आर्थिक वर्ष २०७५/७६ मा पुनरावेदन गरिएका कुल ३९६ मुद्दामध्ये १०० ओटा मुद्दा करणीसम्बन्धीका रहेका छन् ।

अघिल्लो आर्थिक वर्ष २०७४/७५ मा करणीका ४८ मात्र मुद्दा दर्ता भएका थिए । त्यस्तै, ३७ रिट दायर, ६३ देवानी, ३१ दुनियाँवादी फौजदारी, ३०८ सरकारवादी फौजदारी र ९ साधक मुद्दा दर्ता भएका थिए ।

आर्थिक वर्ष २०७५/७६ मा पुनरावेदन भएका मुद्दामध्ये ३८२ ओटा फर्छ्योट भएको अदालतले जनाएको छ ।

यस्तै, गत वर्ष धनकुटा इजलासअन्तर्गत्का धनकुटा, भोजपुर, संखुवासभा र तेह्रथुममध्ये भोजपुरले सबैभन्दा बढी कार्य सम्पादन गरेको छ ।

जिल्ला अदालत भोजपुरमा परेका कुल ३४१ मुद्दामध्ये ८७.३७ प्रतिशत फर्छ्योट भएका छन् ।

सबैभन्दा कम संखुवासभाले ७०.८७ प्रतिशत मुद्दामात्र फर्छ्योट गरेको छ ।

त्यस्तै, धनकुटाले ७६.८३ प्रतिशत मुद्दा फर्छ्योट गर्दा तेह्रथुमले ७१.७० प्रतिशत फर्छ्योट गरेको छ ।

चार जिल्लामा सबैभन्दा बढी संखुवासभाबाट ५१५ मुद्दा पुनरावेदन भएको थियो ।

त्यस्तै, धनकुटामा ४२३ पुनरवेदन हुँदा भोजपुरमा ३४१ तथा तेह्रथुममा २५८ मुद्दा पुनरावेदन भएका थिए ।