
काठमाडौं । नवलपुरको कावासोती १० मगरकोटमा रहेको एनसेलको टावरमा गए राति अज्ञात समुहले आगजनी गरेको छ ।
आगजनीबाट टावरमा राखिएको जेनेरेटर जलेर पूर्ण रुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
टावरमा लागेको आगो स्थानीय र प्रहरीको प्रयासमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको बताइएको छ ।
यस्तै म्याग्दीको बेनी नगरपालिका वडा नं २ ज्यामरुककोटको बन्चरेढुङ्गामा रहेको एनसेलको टावरमा पनि बुधवार राती अज्ञात समूहले आक्रमण गरी क्षति पुर्याएको छ ।
राती साढे १० बजे टावरमा वम विस्फोटको आवाजसंगै आगलागी भएको टावरका हेरालु (कर्मचारी) हरिलाल घिमिरेले जानकारी दिए ।
घिमिरेका अनुसार टावर रहेको ठाउँमा राखिएको जेनेरेटर, व्याटिवक्स लगायतका सम्पूर्ण सामानहरु जलेर नष्ट भएका छन् ।
टावरमा क्षति पुगेपछि बुधवार राती देखिनै एनसेलको सेवा अवरुद्ध भएको छ । घटनाको जिम्मेवारी कसैले पनि नलिएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्