४ श्रावण २०८२, आइतबार | Sun Jul 20 2025


कांग्रेस र राजपाका सांसदहरुद्वारा आज पनि संसदमा नाराबाजी


0
Shares

काठमाडौं । प्रतिपक्षी दलहरू नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी नेपालले आज(बुधबार) पनि संसदमा नाराबाजी गरेका छन् । रोष्टम घेराउ गर्दै उनीहरुले बैठक अवरुद्ध पारेका छन् ।

सर्लाही घटनाको संसदीय छानबिन गर्न माग गर्दै दुई दलका सांसदहरूले बैठक सुरू हुनासाथ रोष्ट्रममा पुगेर नाराबाजी सुरु गरेका हुन् ।

सोमबारको बैठकमा पनि उनीहरूले नाराबाजी गरेपछि बैठक साउन १५ गतेसम्मका लागि बैठक स्थगित भएको थियो ।

संसदीय सर्वोच्चता कायम गर्न, सर्लाही घटनाको छानविन गर्न संसदीय समिति गठन गर्न माग गर्दै सोमबार पनि नाराबाजी गरेका थिए ।