४ श्रावण २०८२, आइतबार | Sun Jul 20 2025


खीर खाएर साउन १५ मनाइँदै


0
Shares

काठमाडौं । आज साउन १५ गते नेपालीहरुले खीर खाएर साउन १५ मनाउँदै छन् ।

बर्खायामको झरीमा भिजेको शरीरलाई निरोगी बनाउन तथा ऊर्जामय राख्न खीर खाने चलन चलेको जानकारहरु बताउँछन् ।

आजको दिन परिवारका सदस्य, इष्टमित्र, आफन्त, छरछिमेकीसँग बसेर खीरलगायत मिष्ठान्न परिकार खाने चलन छ ।

नेपाली समुदायमा असार १५ मा दही चिउरा र साउन १५ मा खिर खाने चलन छ ।

स्वास्थ्यका दृष्टिले मरिच, सुकेको नरिवल, दालचिनीलगायतका मसला राखेर बनाइएको खीर यो मौसमका लागि उपयुक्त मानिन्छ ।