
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणी पोखरेलले सरकारले प्राविधिक र वैज्ञानिकमा जोड दिएको बताएका छन् ।
आज काठमाडौमा नेपाल पत्रकार महासंघले आयोजना गरेको शिक्षा र लैगिंक समानता पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा उनले अहिलेको आवश्यकता बुझेरै वैैज्ञानिक र प्राविधिक शिक्षामा जोड दिइएको बताए ।
मन्त्री पोखरेलले शिक्षामा समानता र सबैको पहुँच पुग्नु पर्ने भन्दै सर्वसुलभ शिक्षाको लागि आवश्यक तयारी भैरहेको बताए ।
शैक्षिक क्षेत्रका विषयमा बढी कलम चलाउन पनि सञ्चारकर्मीलाई उनले आग्रह गरे ।
कार्यक्रममा मन्त्री पोखरेलले शिक्षा र लैगिंक समानताको क्षेत्रमा कलम चलाउने सञ्चारकर्मीहरुलाई सम्मान गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्