४ श्रावण २०८२, आइतबार | Sun Jul 20 2025


भारतीय मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु


0
Shares

कपिलवस्तु, साउन १३ । कपिलवस्तुको शिवराज नगरपालिका–७, जवाभारीमा भारतीय मोटरसाइकलको ठक्करबाट सोमबार एक बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ६ वर्षीया बालिका मिनी नाऊ छन् ।

कृष्णनगरको सीमानाका बढनीबाट चन्द्रौटातर्फ आइरहेको उक्त मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी बालिकाको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

मोटरसाइकलसहित चालक भारत, बलरामपुरस्थित उतरौलाका बब्लुकुमार गुप्तालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बहादुरगन्जले जनाएको छ ।