४ श्रावण २०८२, आइतबार | Sun Jul 20 2025


महिला तथा बालबालिकाको बेचविखन रोक्न ध्यानाकर्षण


0
Shares

काठमाडौं । बैदेशिक रोजगारीको नाममा महिला बेचबिखन बढ्दो क्रममा रहेको भन्दै सरोकारवालाहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।

मानव बेचविखन समस्या र कारणबारे आज काठमाडौमा गरिएको कार्यक्रममा उनीहरुले बैदेशिक रोजगारीको क्रममा महिला र बालबालिकाको बेचबिखन बढ्दो क्रममा रहेकाले त्यसतर्फ सरकारको निगरानी बढाउनु पर्नेमा जोड दिएका छन् ।

पछिल्लो समय बैदेशिक रोजगारीमा जाने महिलाको संख्यामा बृद्धि भएसंगै उनीहरु बेचबिखनमा परेको घटना पनि बढ्न थालेको उनीहरुको भनाई छ ।

महिला तथा बालबालिकाहरुको बेचविखनलाई रोक्नको लागि सबैको सहयोग आवश्यक भएको भन्दै उनीहरुले प्रष्ट नीति बनाउन सरकारसंग आग्रह पनि गरेकाछन् ।

गरिवी, अशिक्षा, भेदभाव, पछौटेपन र बेरोजगारीको उन्मुलन गर्न सके बेचविखन रोक्न मद्धत पुग्ने उनीहरुको भनाई थियो ।

कार्यक्रममा बेचविखन समस्या र चुनौति बिषयमा कार्यपत्र प्रस्तुत गरीएको थियो ।