
भक्तपुर । पटक–पटक म्याद थप गर्दासमेत निर्माणको काम सम्पन्न हुन नसक्दा आलोचित बन्दै आएको भक्तपुर–नगरकोट सडकखण्डको संसदीय समितिले अनुगमन गरेको छ ।
प्रतिनिधिसभाअन्तर्गतको विकास तथा प्रविधि समितिकी सभापति कल्याणी खड्काको नेतृत्वमा पुगेको संसदीय टोलीले सडकखण्डको अनुगमन गरेको हो ।
भक्तपुरको भत्केपाटी–नगरकोट १५ दशमलव ६६ किलोमिटर सडक विस्तारका लागि समय थपिँदै आए पनि निर्माण कार्य सम्पन्न हुन सकेको छैन ।
सडक अनुगमनका क्रममा सभापति खड्काले ६ वर्षदेखि अलपत्र रहेको यो सडकखण्डको काम तत्काल सक्नुपर्ने बताइन ।
उनले आफूहरु अनुगमनमा आउने थाहा पाएपछि द्रुत गतिमा काम अघि बढाएको पाइएकाले यसरी नै काम गर्न सुझाव दिइन ।
सडक निर्माणका लागि थप समय दिने या नदिने भन्नेबारे भने मन्त्रालयसँग छलफल गरी निर्णय गरिने उनले जानकारी दिइन ।
समितिका सचिव बंशिराज पौडेलले ठेकेदार र संयन्त्रको कमजोरीकै कारण देशैभरका सडक बिस्तारमा ढिलाइ भएको र यसतर्फ सुधार गर्नुपर्नेमा जोड दिए ।
आयोजनाले २०७१ असारमा दुई वर्षभित्र काम सक्ने गरी भारतीय कम्पनी एआइपीएल र सैलुङ कन्स्ट्रक्सन काठमाडौंसँग सम्झौता गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्