
चितवन, साउन ११ । नारायणी नदीमा हामफालेर एक युवती बेपत्ता भएकी छन् ।
बेपत्ता हुनेमा भरतपुर महानगरपालिका–८, सल्लेनी बस्ने २० वर्षीया सम्झना गुरुङ रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनकाअनुसार भरतपुर महानगरपालिका वडा नम्बर–१, देवघाटबाट गुरुङ नारायणी नदीमा हामफालेकी हुन् ।
उनी शनिबार दिउँसो ३ः४५ बजे नदीमा हामफालेको प्रहरीले जनाएको छ ।
नदीमा हामफालेकी गुरुङको खोजीकार्य जारी रहेको छ । रासस
प्रतिक्रिया दिनुहोस्