४ श्रावण २०८२, आइतबार | Sun Jul 20 2025


केही दिन मनसुनी गतिविधि कम सक्रिय


0
Shares

काठमाडौं, साउन ११ । मनसुनी न्यूनचापीय रेखा नेपालको तराई भू–भागबाट दक्षिणतिर सरेकाले अबका केही दिन नेपालमा मनसुनी गतिविधि कम सक्रिय रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुनी न्यूनचापीय रेखा कहिले तल, कहिले माथि भइरहने भएकाले अहिले उक्त रेखा नेपालबाट दक्षिणतिर सरेकाले अबको तीन–चार दिन मनसुन कम सक्रिय हुने मौसमविद् मीनकुमार अर्यालले बताए ।

‘मनसुन सेप्टेम्बरको तेस्रो हप्तासम्म रहने भएकाले कहिले सक्रिय, कहिले कमजोर योक्रम निरन्तर चलिरहनेछ’–मौसमविद् अर्यालले भने ।

तत्काल भारी वर्षाको सम्भावना नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शनिबार राति आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ ।

आइतबार देशभर आंशिकदेखि सामान्य बदली रही एक/दुई स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै, सोमबार देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ ।

यसैगरी, महाशाखाले आगामी २४ घन्टाको मौसम पूर्वानुमान जारी गर्दै मनसुनको समयमा लगातर वर्षा भएको पहाडी भू–भागमा सामान्य वर्षामा पनि पहिरो जानसक्ने भएकाले सतर्कता अपाउन आग्रह गरेको छ । रासस