४ श्रावण २०८२, आइतबार | Sun Jul 20 2025


दुई पुस्तक विमोचित


0
Shares

काठमाडौं, साउन १० । अधिवक्ता इन्दु तुलाधरद्वारा लिखित दुईओटा पुस्तक ‘लैंगिक हिंसा र न्याय : न्यायिक समितिको भूमिका’ र ‘वकिल नभएमा न्यायमा पहुँच’ नामक पुस्तकको विमोचन गरिएको छ ।

शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा ती पुस्तक विमोचन गर्दै महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले सरल भाषामा लेखिएको पुस्तक सबैलाई उपयोगी हुने बताए ।

कीर्तिपुर नगरपालिकाका उपमेयर सरस्वती खड्का र प्रा. डा. शशी अधिकारीले पुस्तकमाथि टिप्पणी गरेका थिए ।

लेखिका तुलाधरले पुस्तकमा स्थानीय तहका न्यायिक समितिले प्रयोग गर्ने कानुनी अधिकार र वकिल नभएको अवस्थामा न्यायको पहुँचमा कसरी पुग्न सकिन्छ भन्नेबारेमा लेखिएको बताइन् ।

सरल भाषामा लेखिएको पुस्तकले सामान्य व्यक्तिलाई पनि कानुनकाबारेमा ज्ञान दिने उनको भनाइ थियो ।