प्रधानमन्त्री ओलीलगायतको पुत्ला जलाइयो

news

काठमाडौं, साउन ३ । लोकसेवा आयोगको विज्ञापन खारेजीको माग गर्दै विभिन्न समूहहरुले शुक्रबार काठमाडौंको बांगेमुढामा प्रदर्शन गरेका छन् ।

प्रदर्शनकारीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलगायतको पुत्लादहन गरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।

उनीहरुले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित र आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीको पनि पुत्ला जलाएका हुन् ।

आदिवासी जनजाति, मधेसी, मुस्लिम, दलित, अल्पसंख्यक, महिला तथा अपांगता भएकालगायतले संयुक्तरुपमा पुत्लादहन गरेका थिए ।

त्यसअघि, भृकुटीमन्डपबाट जुलुससहित उनीहरु बांगेमुढा पुगेका थिए ।

लोकसेवा आयोगको विज्ञापन समानुपातिक समावेशीको सिद्धान्तविपरीत भएको भन्दै उनीहरुले खारेज नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन् ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...