रिगा ताललाई पर्यटकीय क्षेत्रको रूपमा विकास गरिँदै

news

डम्मर बुढा मगर

बागलुङ, साउन ३ । पश्चिम बागलुङको निसीखोला गाउँपालिका–६ स्थित रिगा ताललाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न स्थानीय सरकार सक्रिय भएको छ ।

तालको संरक्षण, प्रचारप्रसार र पूर्वाधार निर्माण गरी पर्यटन विकासमा स्थानीय सरकारको चासो बढेको हो ।

बागलुङको निसीखोला गाउँपालिकास्थित तालमा पछिल्लो समय पानी सुक्न थालेपछि संरक्षणका लागि गाउँपालिकाले सक्रियता देखाएको हो । प्राकृतिक सुन्दरता र मनोरम दृश्य भएकाले ताल क्षेत्रलाई पर्यटकीय रुपमा विकास गर्न गाउँपालिकाले गुरुयोजना बनाएको छ ।

करिब ३२ सय मिटर उचाईमा रहेको यो तालको लम्बाई १ सय मिटर, चौडाई ६० र गहिराई करिब १२ मिटर छ । यहाँबाट रोल्पा, रुकुम, प्युठान र बागलुङको विभिन्न स्थानहरुको अवलोकन गर्न सकिन्छ । हरियाली र शान्त वातावरणसँगै चराचुरुङ्गीको सुमधुर आवाजले जोकोही मोहित हुने गर्छन् । तालको संरक्षण गर्न सके भने पर्यटकको रोजाई पर्ने निसीखोला गाउँपालिकाका प्रमुख तारानाथ पौडेलको भनाइ छ ।

पर्यटकहरुको आकर्षणका लगि ताल संरक्षणमा योजनावद्ध सडक निर्माण, डीपीआर, बजेट विनियोजन लगायतको योजना बनाई यही आर्थिक वर्षभित्र सम्पन्न गर्ने निसीखोला गाउँपालिका ३ का वडाध्यक्ष जुनविक्रम शाही बताउँछन् ।

पर्यटन विकासका यस्ता सम्भावित क्षेत्रको प्रचार प्रसार संरक्षण र संवर्द्धन गर्न सके आर्थिक विकासमा सहयोग पुग्ने देखिन्छ ।

भिडियो हेर्नुहोस्

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...