३ श्रावण २०८२, शनिबार | Sat Jul 19 2025


हुम्लाको विद्युत गृह पहिरोले बगायो, चारसय घरमा अन्धकार


0
Shares

हुम्ला । अविरल वर्षासँगै आएको पहिरोले विद्युत् गृह बगाउँदा हुम्लाको सकेगार्ड गाउँपालिका वडा नम्बर २ रिपगाउँका चार सय घरधुरीमा विद्युत् सेवा अबरुद्ध भएको छ ।

विद्युत् आपूर्ति बन्द भएपछि स्वास्थ्य चौकी र विद्यालयसमेत प्रभावित भएका छन् ।

पहिरोले रिप गाड लघु जलविद्युत् आयोजनाको पावर हाउस भत्काएपछि स्थानीय बासिन्दा सेवाबाट वञ्चित भएका हुन् ।

पहिरोले विद्युत् गृहको मेसिनमा समेत क्षति पुगेको छ ।

तीन वर्षअघि निर्माण सम्पन्न भएको १६ किलोवाट क्षमताको उक्त लघु जलविद्युत् आयोजना तत्कालिन जिल्ला विकास समिति, सर्किदेउ गाविस, वैकल्पिक उर्जा र स्थानीयको जनसहभागितामा सञ्चालनमा आएको थियो ।