
गुल्मी । गुल्मीको सत्यवती गाउँपालिकाका दुई छुट्टाछुट्टै स्थानमा गएको पहिरोमा परेर कम्तिमा ९ जनाको मृत्यु भएको छ ।
घटनामा १२ जना बेपत्ता भएका छन् । सत्यवती गाउँपालिका लिम्घाको भीरकुना भन्ने ठाउँमा गएको पहिरोमा कम्तिमा ६ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा ६५ बर्षिया छल्ली विक, २८ बर्षिया पम्फा विक, १२ बर्षिया अञ्जली विक र १० बर्षिय हेमन्त विक छन् ।
मृत्यु हुने अन्य तीन जनाको नाम खुलेको छैन । पहिरोमा पुरिएर ९ जना बेपत्ता भएका छन् ।
बस्ती माथिबाट खसेको पहिरोले चार वटा घर पुरेको छ । त्यसैगरी गाउँपालिकाको ठूलो लुम्पेक भन्ने स्थानमा गएको पहिरोमा पुरिएर ३ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा तिलकुमारी तरामु र दर्शन तरामु छन् भने एक जनाको नाम खुलेको छैन । घटनामा तीन जना अझै बेपत्ता छन् ।
पहिरोका कारण ठूलो क्षति भएको गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए ।
अहिले पनि पानी परिरहेका कारण उद्धारमा समस्या भएको छ । घटनास्थलमा प्रहरी पुग्न नसकेकाले स्थानीयले मात्र उद्धारको काम गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्