३ श्रावण २०८२, शनिबार | Sat Jul 19 2025


बिरामीको मृत्युपछि दुहबी बन्द


0
Shares

सुनसरी, साउन ६ । विराटनगरको नोबेल अस्पतालको लापरबाहीका कारण बिरामीको ज्यान गएको भन्दै स्थानीयले सोमबार सुनसरीको दुहबीबजार बन्द गराएका छन् ।

घुँडाको अप्रेसन गर्नेक्रममा ज्यान गुमाएका दुहबीका ५१ वर्षीय अनिलकुमार साहका परिवारलाई उचित क्षतिपूर्तिसहितको माग राखेर स्थानीयले दुहबीबजार बन्द गराएका हुन् ।

बन्दका कारण बजार तथा पसल खुलेका छैनन् । सवारी–साधन चल्न दिइएको छैन ।

गएको बिहीबार उपचारका लागि अस्पताल भर्ना भएका साहलाई अस्पतालले आइतबार मृत घोषणा गरेको थियो ।

मृत्युबारे अस्पतालले ढिलो जानकारी दिएको भन्दै पीडित परिवारले घुँडाको अप्रेसन गर्नेक्रममा बिरामीको मृत्यु हुनुलाई चिकित्सकको चरम लापरबाहीको आरोप लगाएका छन् ।

अस्पतालले भने हृदयाघात भइ बिरामीको मृत्यु भएको दाबी गरेको छ ।

सहमतिका लागि भएको प्रयास टुंगोमा नपुगेपछि स्थानीय सोमबार बिहानैबाट आन्दोलनमा उत्रिएका हुन् ।