३ श्रावण २०८२, शनिबार | Sat Jul 19 2025


बबरमहलमा ट्याक्सीको ठक्करबाट युवकको मृत्यु


0
Shares

काठमाडौं, असार २१ । बबरमहलमा ट्याक्सीको ठक्करबाट एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–८ का १९ वर्षीय दीपक थापा रहेका छन् ।

काठमाडौं महानगरपालिका–११ स्थित बबरमहल सडकमा बा२ज ११८८ नम्बरको ट्याक्सीले बा८३प ४०३५ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार थापाको मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता रविकुमार पौडेलले जानकारी दिए ।

स्कुटरचालक काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१० का रोहितसिंह ठकुरीको अन्नपूर्ण न्यूरो अस्पताल माइतीघरमा उपचार भइरहेको छ ।

दुर्घटनापछि फरार ट्याक्सीचालकको खोजी भइरहेको छ । रासस