३ श्रावण २०८२, शनिबार | Sat Jul 19 2025


बँदेलले आक्रमण गर्दा दुई जना घाइते


0
Shares

विक्रम खड्का 

डोटी, असार २० । शुक्रबार बिहान बँदेलले आक्रमण गर्दा डोटीमा दुई जना घाइते भएका छन् ।

केआई सिंह गाउँपालिका–१ को बाउजेला भन्ने ठाउँमा खेतमा काम गर्न जाने क्रममा महादेव बिद्यालय नजिकै बँदेलले आक्रमण गर्दा स्थानीय जगतबहादुर विक र ईन्द्र विक घाईते भएका हुन् । जगतबहादुरको अवस्था गम्भीर रहेको बताइएको छ । 

घाईतेहरुको शैलेश्वरी अस्पताल दिपायलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले जानकारी दिए ।