
अपडेटः
अर्घाखाँची, असार १९ । अर्घाखाँचीको पर्यटकीयस्थल सुपादेउराली जिकै जिप दुर्घटना हुँदा बिहीबार तीनजनाको मृत्यु भएको छ । पाँचजना गम्भीर घाइते भएका छन् ।
कृष्णनगरबाट सन्धिखर्क जाँदै गरेको लु१ज १३२९ नम्बरको जिप दुर्घटना भएको हो ।
सुपादेउरालीको मन्दिर र खाँचीखोला पुलको बीचमा जिप पल्टिएर खोलामा पुगेको छ ।
मृत्युु हुनेमा भूमिकास्थान नगरपालिका वडा नम्बर–३, धारापानी घर भइ कृष्णनगर, शिवपुर बस्ने सवारीचालक सुमन्त भुसाल, मालारानी गाउँपालिका वडा नम्बर–३ का रूद्रप्रसाद भुसालकोमात्र सनाखत भएको छ । एक युवकको सनाखत हुन सकेको छैन ।
दुर्घटनाका गम्भीर घाइते पाँचैजनालाई थप उपचारका लागि बुटवल लगिएको छ ।
जिपमा ११ जना सवार थिए ।
जिप एक्कासि ‘ब्याक’ भएको र पल्टिएर खोलामा पुगेको घाइतेहरुले बताएका छन् ।
दुर्घटनास्थलमा प्रहरी र स्थानीयले उद्धार गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्