३ श्रावण २०८२, शनिबार | Sun Jul 20 2025


स्थानीय तहमा साढे चार लाखको आवेदन, १४ करोड राजश्व संकलन


0
Shares

काठमाडौं, असार १८ । स्थानीय तहका लागि कर्मचारी माग गरिएकामा चार लाख ४१ हजार १४१ जनाले फाराम भरेका छन् ।

मंगलबार अन्तिम फाराम भर्ने समयसीमासम्म सो संख्याका आवेदकले फाराम भरेको लोकसेवा आयोगका प्रवक्ता किरणराज शर्माले जानकारी दिए ।

उनकाअनुसार खुलातर्फ चार लाख ३४ हजार ७६४, महिला एक लाख तीन हजार ५६७, जनजाति ४३ हजार ३२६, मधेसी २४ हजार ९०, दलित तीन हजार ९१ र अपांग १४६ र पिछडिएका ११६ ले आवेदन दिएका छन् ।

५१५ स्थानीय तहका लागि ९ हजार १६१ कर्मचारी माग गर्दै आयोगले गत जेठ १५ देखि असार १७ गतेसम्म आवेदन माग गरेको थियो ।

उनकाअनुसार ती आवेदनबाट रु १४ करोड चार लाख ११ हजार १५० राजश्व संकलन भएको छ ।

आयोगले स्थानीय तहको कर्मचारीको पदपूर्तिका लागि साउनको पहिलो सातादेखि परीक्षा सन्चालन गर्ने जनाएको छ ।

सर्वोच्च अदालतले गत सोमबार विज्ञापनसम्बन्धी परेको रिटमा सुनवाइ गर्दै आयोगलाई परीक्षा सन्चालन गर्न आदेश दिएको थियो । रासस