ट्रम्प प्रशासनको घोषणा विरुद्ध अदालतमा मुद्दा • Image Khabar Image Khabar


ट्रम्प प्रशासनको घोषणा विरुद्ध अदालतमा मुद्दा


Imagekhabar
२५ असार २०७७, बिहीबार १५:२७

ट्रम्प प्रशासनको घोषणा विरुद्ध अदालतमा मुद्दा

काठमाडौं, असार २५ । अमेरिकामा पूर्णरुपमा अनलाइन रहेका विद्यार्थीहरुको भिसा फिर्ता लिने राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको घोषणा विरुद्ध अमेरिकाका दुई प्रतिष्ठित शैक्षिक संस्थाले ट्रमप प्रशासन विरुद्ध अदालतमा मुद्दा हालेका छन् ।

अमेरिकामो हार्वर्ड र मासाचुसेट्स इन्स्टिच्यूड अफ टेक्नोलोजी एमआईटीले विदेशी विद्यार्थीको भिसा रद्द गर्ने ट्रम्प प्रशासनको प्रयास रोक्न माग गर्दै अदालतम मुद्दा दायर गरेको हो ।

हार्वर्ड र एमआइटीले दायर गरेको मुद्दामा आफूहरुले पनि ऐक्यबद्धता जनाउने विभिन्न शैक्षिक समूहहरुले बताएका छन् ।

कोरोना भाइरसको महामारीका कारण अनलाईनमा गएका विश्वविद्यालयहरुलाई नियमित कक्षा क्याम्पसमै सञ्चालन गर्न बाध्य पार्नका लागि पछिल्लो नीति ल्याइएको दाबी विश्वविद्यालयहरुको छ ।

राष्ट्रपति ट्रम्पले लगातार शैक्षिक संस्थासहितका सबै खुला गर्नु पर्ने पक्षमा वकालत गर्दै आउनुभएको छ ।

अमेरिकाको इमिग्रेसन एण्ड कस्टम्स इनफोर्समेन्ट आइसिइ ले ट्रम्प प्रशासनको निर्णय पालना गर्दै पठन–पाठन पूर्ण रुपमा अनलाईन गरेका विश्वविद्यालयमा अध्ययनरत विदेशी विद्यार्थी अमेरिका बस्न नपाउने नीति सार्वजनिक गरेको थियो ।

नियम नमान्ने व्यक्ति डिर्पोट गर्ने जनाएपछी विद्यार्थीहरु त्रसित बनेका छन् ।

कोरोना भाइरसको महामारीका कारण अमेरिकाका धेरै विश्वविद्यालयलहरुले अहिले कक्षा पूर्ण रुपमा अनलाईन बनाएका छन् ।

हार्वर्ड विश्वविद्यालयले नयाँ शैक्षिक सत्रका सबै कक्षाहरु अनलाईन मार्फत सञ्चालन गर्ने यसअघि नै जनाइसकेको छ ।

आइसिइले विदेशी विद्यार्थीलाई यो वर्षकोको सबै सेसन आफ्नै देशमा बसेरै अनलाइन मार्फत कक्षा लिन सक्ने अनुमति दिएको थियो । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्