बैतडीमा २६५ जना संक्रमित डिस्चार्ज • Image Khabar Image Khabar


बैतडीमा २६५ जना संक्रमित डिस्चार्ज


Imagekhabar
२५ असार २०७७, बिहीबार १५:०५

बैतडीमा २६५ जना संक्रमित डिस्चार्ज

बैतडी, असार २५ । बैतडीमा हालसम्म २६५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।

जिल्लाका सबै स्थानीय तहमा हालसम्म २९५ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा २६५ जना डिस्चार्ज भएका हुन् ।

डिस्चार्ज हुनेमा अधिकांश कोरोना पुष्टि भएको १४ दिनसम्म पनि कुनै लक्षण नदेखिएका रहेका छन् ।

उनीहरुलाई ७ दिन होम आइसोलेसनमा बस्ने सर्तसहित घर पठाइएको हो ।

लक्षण नदेखिएको र स्वास्थ्य समस्या नभएका संक्रमितलाई १४ दिन आइसोलेसनमा राखेर डिस्चार्ज गर्न पाइने स्वास्थ्य मन्त्रालयको निर्देशिका अनुसार उनीहरुलाई डिस्चार्ज गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो ।

जिल्लामा कोरोना संक्रमण पुष्टि हुने सबै भारतबाट फर्किएका रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्