सुनको मूल्यमा नयाँ रेकर्ड • Image Khabar Image Khabar


सुनको मूल्यमा नयाँ रेकर्ड


Imagekhabar
२५ असार २०७७, बिहीबार १४:५७

सुनको मूल्यमा नयाँ रेकर्ड

काठमाडौं, असार २५ । नेपाली बजारमा सुनको मूल्य बढेर उचाईको पुनः नयाँ रेकर्ड कायम भएको छ ।

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै बिहीबार स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ९ सयले बढेर ९२ हजार ४ सयमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यो हालसम्मकै उच्च हो । यस अघि गत असार १७ गते सुनको मूल्य सबैभन्दा उच्च ९१ हजार ७ सय पुगेको थियो ।

बुधबार तोलामा ६ सयले बढेर ९१ हजार ५ सयमा कारोबार भैरहेको थियो ।

बिहीबार चाँदीको भाउ पनि तोलामा २५ रुपैँया बढेर ९ सय ८० पुगेको पनि महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा यतिखेर सुन प्रति औंन्स १८ सय १२ डलर हाराहारीमा कारोबार भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्