ओझेलमा घाँसीकुवा • Image Khabar Image Khabar


ओझेलमा घाँसीकुवा


Imagekhabar
२५ असार २०७७, बिहीबार १४:५९

bhanubhakta aacharya tanahun

उपेन्द्र खनाल (इमेज)

तनहुँ, असार २५ । तनहुँको घाँसीकुवा भन्नेबित्तिकै भानुभक्तको सम्झना गराउँछ ।

पर्यटकीय महत्व राख्ने त्यही घाँसीकुवा लामो ‘लकडाउन’को कारण सुनसान बन्दा यसको पहिचान पनि हराउँदै गएको हो कि भन्ने भान गराउँछ ।

आदिकवि भानुभक्त आचार्यलाई साहित्यमा प्रेरित गर्ने घाँसीबाट निर्मित घाँसीकुवा सुनसान भएपछि यहाँका साहित्यप्रेमीहरुसमेत चिन्तित बन्न थालेका छन् ।

कविताका हरफहरुले घाँसीकुवाको महत्व जति उजागर गरेको छ तर, अहिले घाँसीकुवाको मर्म भने मर्दै गएको देखिन्छ ।

भानुभक्तले देखेको घाँसीकुवाभन्दा अहिलेको घाँसीकुवामा निकै फरक आइसकेको छ ।

दैनिकरुपमा सयौं पर्यटकहरु घुम्नको लागि घाँसीकुवा आउने गरेको भएपनि पछिल्लो समय यो क्षेत्र सुनासान बन्दै गएको हो ।

सोचेअनुरुप पूर्वधार नहुँदा र प्रचार–प्रसार नहुदा घाँसीकुवा ओझेलमा पर्न थालेपछि साहित्यप्रेमीहरु पनि चिन्तित हुन थालेका छन् ।

घाँसीकुवाको आफ्नो छुट्टै विशेषता छ । मानिसहरु एकैछिन भएपनि थकान र प्यास मेटाउन घाँसीकुवा आउने गरेका छन् ।

यहाँका चौतारीहरुको शितल हावा र मनोरम दृष्य अवलोकन गर्न मानिसहरु पुग्ने गरेका छन् ।

राजमार्गमा यात्राको क्रममा थकित हुने पर्यटक र यात्रुहरु गाडी रोकेर भएपनि घाँसीकुवाको पानी खाएर विश्राम लिने गरेका छन् ।

आदिकवि भानुभक्त आचार्यलाई साहित्यमा लाग्न प्रेरणा दिने घाँसीद्वारा निर्मित घाँसीकुवाको प्रचार–प्रसार गर्नसके कोरोनापछि पनि यस क्षेत्रको साहित्यिक पर्यटनमा वृद्धि हुने अपेक्षा गरिएको छ ।

भिडियो हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्