सभामुखसहितको टोली लिएर सिन्धुपाल्चोकतर्फ उडेको हेलिकोप्टर धुलिखेलबाटै फर्कियो • Image Khabar Image Khabar


सभामुखसहितको टोली लिएर सिन्धुपाल्चोकतर्फ उडेको हेलिकोप्टर धुलिखेलबाटै फर्कियो


Imagekhabar
२५ असार २०७७, बिहीबार १०:५२

सभामुखसहितको टोली लिएर सिन्धुपाल्चोकतर्फ उडेको हेलिकोप्टर धुलिखेलबाटै फर्कियो

काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे र भोटेकोशी गाउँपालिका लगायतका स्थानमा बाढी पहिरोले ठूलो क्षति भएपछि उद्धार कार्य चुस्त बनाउन त्यसतर्फ उडेको नेपाली सेनाको हेलिकप्टर धुलिखेलबाटै फर्किएको छ ।

सभामुख अग्निप्रसाद सापकोटा समेत रहेको हेलिकप्टर खराब मौसमका कारण अवरतरण गर्न नसकेपछि फर्केको हो ।

बाढी पहिरो गएको ठाउँ सभामुख सापकोटाको निर्वाचन क्षेत्र भएकाले सभामुख बाढी पहिरो प्रभावित क्षेत्र निरिक्षणका लागि जान लाग्नु भएको थियो ।

सापकोटासँगैं केन्द्रीय सदस्य माधव सापकोटा, काँग्रेस नेता विष्णु खत्री र नेकपा जिल्ला अध्यक्ष झम्क नेपाल, सभामुखका प्रेस संयोजक श्रीधर न्यौपाने त्यसतर्फ गएका थिए ।

लामोसाँघु माथि ठाउँ ठाउँमा बाढी र पहिरोले सडक बगाउँदा सडक बन्द भएका कारण घाइतेहरुको उद्धार हुन सकेको छैन् । तसर्थ घाइतेहरुको हेलिकप्टरबाट उद्धार गर्न लागिएको हो ।

जम्बुमा केही बाढीले बगाएका घाइतेहरुलाई उपचारका लागि काठमाडौं ल्याउने तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्