सिन्धुपाल्चोक बाढीः सभामुख सापकोटासहितको टोली हेलिकप्टरमार्फत उद्धारका लागि जाने • Image Khabar Image Khabar


सिन्धुपाल्चोक बाढीः सभामुख सापकोटासहितको टोली हेलिकप्टरमार्फत उद्धारका लागि जाने


Imagekhabar
२५ असार २०७७, बिहीबार ०९:०८

सिन्धुपाल्चोक बाढीः सभामुख सापकोटासहितको टोली हेलिकप्टरमार्फत उद्धारका लागि जाने

काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका जम्बुमा याल्मो र भोटेकोशी खोलामा आएको बाढीले बगाउँदा घाइते भएका व्यक्तिहरुको उद्धारका लागि हेलिकप्टर जान लागेको छ ।

सभामुख अग्नि सापकोटा नेपाली सेनाको हेलिकप्टर लिएर घाइतेको उद्धारका लागि त्यसतर्फ जान लागेको नेकपा केन्द्रीय सदस्य माधव सापकोटाले जानकारी दिए ।

सापकोटासँगैं केन्द्रीय सदस्य सापकोटा, काँग्रेस नेता विष्णु खत्री र नेकपा जिल्ला अध्यक्ष झम्क नेपाल, सभामुखका प्रेस संयोजक श्रीधर न्यौपाने त्यसतर्फ जादैंछन् ।

लामोसाँघु माथि ठाउँ ठाउँमा बाढी र पहिरोले सडक बगाउँदा सडक बन्द भएका कारण घाइतेहरुको उद्धार हुन सकेको छैन् । तसर्थ घाइतेहरुको हेलिकप्टरबाट उद्धार गर्न लागिएको हो ।

जम्बुमा केही बाढीले बगाएका घाइतेहरुलाई उपचारका लागि काठमाडौं ल्याउने तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्