सिन्धुपाल्चोक बाह्रबिसे जम्बु पहिरो विनाश (तस्वीरमा) • Image Khabar Image Khabar


सिन्धुपाल्चोक बाह्रबिसे जम्बु पहिरो विनाश (तस्वीरमा)


Imagekhabar
२५ असार २०७७, बिहीबार ०८:३९

sindhupalchok flood death helicopter

सिन्धुपाल्चोक, असार २५ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ५, जम्बुमा पहिरो गई १४ घर बगाउँदा दुई जनाको मृत्यु भएको छ भने ९ जना वेपत्ता छन् ।

सिन्धुपाल्चोक बाह्रबिसे जम्बु पहिरो विनाश (तस्वीरमा)

पहिरोमा परेका उनीहरु भोटेकोशी नदीमा वेपत्ता भएका हुन् । भोटेकोशी नदीले अरनिको राजमार्गको जुरे क्षेत्र र बाह्रबिसे क्षेत्रमा सडक पूर्णरुपमा कटान गर्दा सो क्षेत्रसँग सम्बन्धसमेत विच्छेद भएको छ ।

सिन्धुपाल्चोक बाह्रबिसे जम्बु पहिरो विनाश (तस्वीरमा)

घटनामा घाईते ३ जनाको उद्दारको लागि हेलिकप्टर ल्याउने तयारी भइरहेको हाम्रा संवाददाताले जनाएका छन् ।

सिन्धुपाल्चोक बाह्रबिसे जम्बु पहिरो विनाश (तस्वीरमा)

शव फेला परेकामा जम्बुका २० वर्षीय निकेश बस्नेत र उनकी तीन वर्षीया छोरी रहेको स्थानीयले जानकारी दिएका छन् । अझै नौ जना बेपत्ता छन् ।

सिन्धुपाल्चोक बाह्रबिसे जम्बु पहिरो विनाश (तस्वीरमा)

लगातार तीनसम्म देशभर ठूलो पानी पर्ने चेतावनी गृह मन्त्रालयले दिएकै बेला जम्बुमा पहिरोले विनाश गरेको हो ।

सिन्धुपाल्चोक बाह्रबिसे जम्बु पहिरो विनाश (तस्वीरमा)
सिन्धुपाल्चोक बाह्रबिसे जम्बु पहिरो विनाश (तस्वीरमा)
सिन्धुपाल्चोक बाह्रबिसे जम्बु पहिरो विनाश (तस्वीरमा)
प्रतिक्रिया दिनुहोस्