मन्त्रीपरिषद् बैठकमै विरामी परेका आइभरीकोस्टका प्रधानमन्त्रीको निधन • Image Khabar Image Khabar


मन्त्रीपरिषद् बैठकमै विरामी परेका आइभरीकोस्टका प्रधानमन्त्रीको निधन


Imagekhabar
२५ असार २०७७, बिहीबार ०८:०५

मन्त्रीपरिषद् बैठकमै विरामी परेका आइभरीकोस्टका प्रधानमन्त्रीको निधन

काठमाडौं । आइभरीकोस्टका प्रधानमन्त्री एमाडोउ गन कोलाबालीको ६१ बर्षको निधन भएको छ ।

मन्त्रीपरिषद् बैठक आब्हन गर्नुभएका उहाँको बैठक सकिने बितिकै निधन भएको हो ।

मन्त्रीपरिषद् बैठकको क्रममा एक्कासी छाती दुख्यो भन्ने संकेत गर्नुभएका कोलावाली बैठक लगत्तै अस्पताल लगिएकोमा अस्पतालमा निधन भएको हो ।

कोलाबाली फ्रान्समा दुई महिना लगाएर मुटुको उपचार गरी हालै स्वदेश फर्कनु भएको थियो ।

प्रधानमन्त्री कोलाबालीलाई सत्तारुढ पार्टीले आउँदो अक्टोबरमा हुने राष्ट्रपति चुनावका लागि आफ्नो उम्मेदवार बनाउने घोषणा गरेको थियो ।

यसैबीच, आइभरीकोष्टका राष्ट्रपति एलासानी ओटाराले प्रधानन्त्री कोलाबालीको निधनले देश शोकमा रहेको बताउनु भएको छ । सन् २०१२ मा कोलाबालीको मुटु प्रत्यारोपण भएको थियो ।(एजेन्सी)

प्रतिक्रिया दिनुहोस्