स्पेनीस लिगः बार्सिलोना विजयी, शिर्ष स्थानको मड्रिडसँग एक अंकको दुरी • Image Khabar Image Khabar


स्पेनीस लिगः बार्सिलोना विजयी, शिर्ष स्थानको मड्रिडसँग एक अंकको दुरी


Imagekhabar
२५ असार २०७७, बिहीबार ०७:२०

स्पेनीस लिगः बार्सिलोना विजयी, शिर्ष स्थानको मड्रिडसँग एक अंकको दुरी

काठमाडौं । स्पेनीस लिग फुटबलमा बार्सिलोनाले इस्पानोयललाई १–० ले हराएको छ । गएराति भएको डर्बी म्याचमा आफ्नै शहरको प्रतिद्धन्द्धी इस्पानियोललाई हराउन बार्सिलोनाका लुईस सुवारेजले निर्णायक गोल गरे ।

यो जितले बार्सिलोनालाई शिर्ष स्थानको रियाल मड्रिडसँग एक अंकको दुरीमा पुर्‍याएको छ । उता पराजित टोली इस्पानियोल भने स्पेनको शिर्ष डिभिजनबाट घटुवामा परेको छ ।

३५ खेलबाट २४ अंक मात्रै जोडेको इस्पानियोल तालिकाको पुछारमा रहेको छ । सिजनमा ३ खेल मात्रै बाँकी छँदा इस्पानियाल रेलिगेसन क्षेत्रभन्दा माथि १७ औं स्थानको आईबारभन्दा ११ अंकले पछाडी छ ।

ला लिगामा ३४ खेलबाट ७७ अंक जोडेको रियाल मड्रिड शिर्ष स्थानमा छ । एक खेल बढी खेलेको बार्सिलोना ७६ अंकसहित दोस्रो स्थानमा रहेको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्