अन्तशुल्क स्टिकर अब १ वर्षका लागी मात्र • Image Khabar Image Khabar


अन्तशुल्क स्टिकर अब १ वर्षका लागी मात्र


Imagekhabar
२४ असार २०७७, बुधबार २०:०४

अन्तशुल्क स्टिकर अब १ वर्षका लागी मात्र

काठमाडौं, असार २४ । सूर्तिजन्य पदार्थ र मदिराजन्य पदार्थको प्याकेटमा लगाईने अन्तशुल्क स्टिकर अब १ वर्षका लागी मात्रै मौज्दात रहेको आन्तरिक राजस्व विभागले जानकारी दिएको छ ।

१ वर्षका लागी करिब २ अर्ब थान स्टिकर मात्र मौज्दात रहेको विभागले जानकारी दिएको छ । तर स्टिकर खरिद प्रक्रियाका लागि विभागले अहलिेसम्म तयारी गर्न सकेको छैन ।

वि.स. २०७४ साल साउन १ मा विभागले ६ अर्ब ६५ करोड थान स्टिकर किनेको थियो ।

विभागले ग्लोबल टेन्डर आवह्वान गर्दा पनि अब १० महिना सम्म लाग्ने निश्चित छ, तर विभागले ग्लोबल टेन्डरमा जान ढिला सुस्ती गरिरहेको छ ।

नेपालमा हाल ३९ प्रकारका अन्तशुल्क स्टिकर छन् । विभागले कतिपय स्टिकर सकिएर त्यसको सट्टामा अर्काे स्टिकर समेत प्रयोग गरिरहको छ ।

विभागले यसअघि ईन्डोनेसीयाली कम्पनी पेरुमपेमरीसँग गरेको ग्लोबल टेन्डर पनि रद्ध गरेपछि भने अन्तशुल्क स्टिकर छपाई प्रक्रिया झनै अलमलमा परेको छ ।

टेन्डर पक्रिया नै नमिलेको भन्दै सर्वाेच्चमा रिट पनि प¥यो त्यो मुद्धा अझै सम्म पनि किनारा लाग्न सकेको छैन ।

यद्यपी विभागले वैकल्पिक व्यवस्था भने गर्ने बताएको छ । ग्लोबल टेन्डर प्रक्रिया अनुसार जाँदा विभागलाई कम्तिमा १० महिना लाग्छ तर विभागसँग समय भने थोरै छ ।

यसरी अन्तिम समयमा मात्रै आई टेन्डर आवह्वान गर्दा सुरक्षण मुद्रण प्रेस खरिदमा भएको अनियमितता जस्तै त हुने होईन भन्ने आशंका पनि बढेको छ ।

यस विषयमा कुरा गर्न खोज्दा विभाग सम्बद्ध अधिकारीले क्यामेरामा कुरा गर्न चाहनुभएन ।

सरकारले मदिरा तथा सुर्तिजन्य पदार्थबाट राजस्व उठाउने अन्तशुल्क स्टिकर समयमै छपाइ हुन नसके राजस्व संकलन समेत प्रभावित हुन जान्छ ।

त्यसैले सरकार र सरोकारवाला निकायले राजस्व संकलनमा सहयोग पु¥याउने अन्तशुल्क स्टिकर खरिदका विषयमा आवाश्यक ठोस कदम चालुपर्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्