प्रधानमन्त्री ओलीको समर्थनमा काठमाडौंका विभिन्न स्थानमा प्रदर्शन • Image Khabar Image Khabar


प्रधानमन्त्री ओलीको समर्थनमा काठमाडौंका विभिन्न स्थानमा प्रदर्शन


Imagekhabar
२४ असार २०७७, बुधबार १८:५१

KP Oli Kathmandu

काठमाडौं, असार २४ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीको समर्थनमा काठमाडौंका विभिन्न स्थानमा बुधबार प्रदर्शन भएको छ ।

पार्टीभित्र प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामाको माग भइरहेका बेला उहाँको समर्थनमा कोटेश्वर, चाबहिल, गोंगबु, कलंकी, असन, लगनेखललगायतका स्थानमा प्रदर्शन भएको हो ।

सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री ओलीको समर्थनमा बनेका समूहहरुको आह्वानमा भएको प्रदर्शनमा सहभागीहरुले ‘भारतीय दलाल होसियार’, ‘आई एम विथ केपी ओली’, ‘हामी केही जान्दैनौं, वैदेशिक चलखेल मान्दैनौं’जस्ता नारा लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्