पेन्सन बुझ्न भारत पुगेका ८३ वर्षीय वुद्धको मृत्यु • Image Khabar Image Khabar


पेन्सन बुझ्न भारत पुगेका ८३ वर्षीय वुद्धको मृत्यु


Imagekhabar
२४ असार २०७७, बुधबार १८:१५

पेन्सन बुझ्न भारत पुगेका ८३ वर्षीय वुद्धको मृत्यु

बैतडी, असार २४ । पेन्सन बुझ्न भारत पुगेका बैतडीका एकजनाको बुधबार मृत्यु भएको छ ।

दशरथचन्द नगरपालिका–८ त्रिपुराका ८३ वर्षीय धनसिंह रावलको पेन्सन लिन भारतको झुलाघाटको बैंकमा लाइनमा बसेका बेला मृत्यु भएको हो ।

लाइनमै बसेका बेला एक्कासी ढलेका रावलको उपचारका लागि ल्याउँदै गर्दा मृत्यु भएको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

भारतीय सेनाबाट सेवानिवृत्त मृतक रावल लामो समयदेखि दम र श्वासप्रश्वासका बिरामी रहेको बताइएको छ ।

रावलको कोरोना परिक्षण गर्न परिवारले नमानेकाले स्वाब संकलन पनि नगरी शव परिवारको जिम्मा लगाइएको प्रहरी नायव उपरिक्षक अधिकारीले जानकारी दिनुभयो ।

बुधबार नेपाल–भारत दुवै देशका जिल्ला प्रशासनको समन्वयमा झुलाघाट नाका खुला गर्ने सहमति भएपछि रावलसहित भारतीय पेन्सनधारी नेपाली नागरिक झुलाघाट पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्