गुमनाम लिच्छवी राजा अरमुडी (भिडियो) • Image Khabar Image Khabar


गुमनाम लिच्छवी राजा अरमुडी (भिडियो)


Imagekhabar
२४ असार २०७७, बुधबार १८:१६

गुमनाम लिच्छवी राजा अरमुडी (भिडियो)

नरेन्द्र मानन्धर, डम्बरबहादुर बुढाथोकी र रक्षा बज्राचार्य (इमेज)

काठमाडौं, असार २४ । नेपालका विभिन्न नदीनालाबाट विद्युत् उत्पादन भइरहेको छ ।

तर, विगतमा यही जलस्रोत सीमा सुरक्षाको अचुक उपायसमेत थियो ।

लिच्छवी राजा अरमुडीले कालीगण्डकीलाई अस्त्रको रुपमा प्रयोग गरेर काश्मिरका शत्रुलाई परास्त गरेका थिए ।

शक्तिशाली जलवहाव जलविद्युत्को ऊर्जामात्र होइन, शत्रु परास्त गर्ने क्षमता र सामर्थ्य पनि रहन्छ । देशको सीमा सुरक्षामा पनि यसको उपयोगसमेत गर्न सकिन्छ ।

यो सामरिक महत्वको सुरक्षा रणनीतिको अचुक अस्त्रसमेत हो, यदि यो शक्तिलाई सही, रणनीतिक, प्राविधिकरुपमा युद्धकौशल प्रयोग गर्ने हो भने । जसको प्रमाण हामीसँगै छ ।

सन्दर्भ हो, वि.सं. नवौं शताब्दीको ।

त्यसबेला तत्कालीन नेपालका लिच्छवी राजा अरमुडीले सैन्य रणनीतिक चातुर्यता प्रदर्शन गरेका थिए । त्यसकारण अरमुडिलाई ‘म्यान अफ ट्याकटिस’समेत भनिन्थ्यो ।

नेपालमा आक्रमण गर्न काश्मिरी राजा जयापिडको नेतृत्वमा आएको सैन्य फौजलाई कालीगण्डकी नदी नै थुनेर फौजलाई बाँध खोली बगाइदिएको थियो ।

तर, विडम्बना यस्तो गौरवशाली घटना नेपालको इतिहासमा उल्लेख छैन, काश्मिरको इतिहासमा मात्र दर्ज रहेको छ ।

काश्मिरी लेखक कल्हनले ‘राजतरङ्गगिणी’मा यो इतिहास सुरक्षित गरेका हुन् ।

इतिहासविद् प्रा. डा. त्रिरत्न मानन्धरकाअनुसार लिच्छविकालीन राजा अरमुडीले सैन्य युद्ध कौशलता देखाएको काश्मिरी इतिहासमा लिपिबद्ध छ ।

यस्तो देश बचाउने महत्वपूर्ण घटनाक्रम नेपालको इतिहासमा किन छैन त ?

इतिहासविद् मानन्धर सायद अरमुडी राजा नभएर सामन्ती शासक हुनसक्छ तर, अब गहन अध्ययन–अनुसन्धान हुनुपर्ने बताउनुहुन्छ ।

विगतमा नदीनालाको उपयोग गरी देशको सुरक्षा गर्ने सामर्थ्य नेपाली सैन्यफौजले राखेको थियो । अहिले भने सीमा सुरक्षा कमजोर बन्दै गएको छ । राष्ट्रवाद सत्ता टिकाउने अजुक उपायमा मात्र सीमित छ ।

भिडियो हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्