प्रदेश प्रहरी विधेयक संसदमा प्रस्तुत • Image Khabar Image Khabar


प्रदेश प्रहरी विधेयक संसदमा प्रस्तुत


Imagekhabar
२४ असार २०७७, बुधबार १८:०३

Hikmata karki

विराटनगर, असार २४ । प्रदेश प्रहरीको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि प्रदेश १ को संसद विराटनगरमा बुधबार छलफल भएको छ ।

संसद बैठकमा बोल्दै आन्तरिक मामिला मन्त्री हिक्मत कार्कीले संविधानमा प्रदेश सरकारको एकल अधिकार सूचीमा प्रदेश प्रहरीको व्यवस्था रहेको जानकारी दिनुभयो ।

प्रदेश प्रहरी प्रमुख संघीय सरकारले नै खटाउने, हातहतियार, वरिष्ठ प्रहरी उपरीक्षक, प्रहरी उपरीक्षक सरुवा बढुवा संघले नै हेर्ने व्यवस्था भएकाले त्यसबाहेकका व्यवस्था भने प्रस्तावित विधेयकले गर्ने मन्त्री कार्कीले सदनसमक्ष जानकारी गराउनुभयो ।

कांग्रेस सांसद लोकप्रसाद संग्रौलाले नेपाल प्रहरीलाई सिमा सुरक्षाको जिम्मा दिनुपर्ने बताउनुभयो ।

प्रदेश १ मा ११ हजार प्रदेश प्रहरी रहने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्