प्रतिपक्षी दलहरुको विरोध हुँदा-हुर्दै सुदुरपश्चिम प्रदेशको बजेट पारित • Image Khabar Image Khabar


प्रतिपक्षी दलहरुको विरोध हुँदा-हुर्दै सुदुरपश्चिम प्रदेशको बजेट पारित


Imagekhabar
२४ असार २०७७, बुधबार १७:५२

प्रतिपक्षी दलहरुको विरोध हुँदा-हुर्दै सुदुरपश्चिम प्रदेशको बजेट पारित

कैलाली, असार २४ । प्रतिपक्षी दलहरुको नारावाजीका बीच सुदूरपश्चिम प्रदेश सभाबाट आर्थिक वर्ष २०७७/०७८ को बजेट पारित भएको छ ।

असार १० गते यता लगातार सदनमा प्रतिपक्षीको अवरोध रहेपछि असार २१ गतेदेखि अवरोधकै वीच सदन सञ्चालन गरी आज बजेट पारित गरिएको हो ।

बजेटसँगै प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्न पाउने विधेयक पनि पारित भएको छ ।

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहराको प्रस्तावलाई प्रतिपक्षीहरुको नारावाजी चलिरहेकै अवस्थामा सभामुख अर्जुन बहादुर थापाले निर्णयार्थ पेश गरेपछि बजेट पारित भएको हो ।

बजेट पारित हुनुअघि सत्तापक्षका प्रदेश सभा सदस्य महेशदत्त जोशीले बजेटको समर्थनमा बोल्नु भएको थियो ।

त्यसपछि आर्थिक मामिला तथा योजना मन्त्री बोहराले सत्तापक्षकै प्रदेश सभा सदस्यहरुले बजेटका बिषयमा उठाएका प्रश्नहरुको जवाफ दिनु भएको थियो ।

बजेट पारित भई सदनको बैठक अनिश्चितकालका लागि स्थगित भएको घोषणा हुँदासम्म प्रतिपक्षीहरुले लगातार नाराबाजी गरेका थिए ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको प्रयासमा भएको खर्च विवरण सार्वजनिक गर्न माग गर्दै प्रदेशको प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र जनता समाजवादी पार्र्टीले सदनमा अवरोध गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्