काठमाडौं उपत्यकामा बुधबार थपिए २३ जना कोरोना संक्रमित • Image Khabar Image Khabar


काठमाडौं उपत्यकामा बुधबार थपिए २३ जना कोरोना संक्रमित


Imagekhabar
२४ असार २०७७, बुधबार १७:०३

काठमाडौं उपत्यकामा बुधबार थपिए २३ जना कोरोना संक्रमित

काठमाडौं, असार २४ । बुधबार काठमाडौं उपत्यकामा थप २३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमका अनुसार काठमाडौंका १६ जना र ललितपुरका ७ जनामा संक्रमण पुष्टि भएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका ६ जना र पाटन अस्पतालको प्रयोगशालामा १० जना गरी काठमाडौंमा जम्मा १६ जनामा संक्रमण देखिएको छ ।

पाटन अस्पतालमा गरिएको परीक्षणमा ललितपुरका ७ जनामा कोरोना देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्