थपिए २५५ जना कोरोना संक्रमित, डिस्चार्ज हुनेको जम्मा संख्या ७ हजार ७ सय ५२ पुग्यो • Image Khabar Image Khabar


थपिए २५५ जना कोरोना संक्रमित, डिस्चार्ज हुनेको जम्मा संख्या ७ हजार ७ सय ५२ पुग्यो


Imagekhabar
२४ असार २०७७, बुधबार १६:४३

थपिए २५५ जना कोरोना संक्रमित, डिस्चार्ज हुनेको जम्मा संख्या ७ हजार ७ सय ५२ पुग्यो

काठमाडौं, असार २४ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १६ हजार ४ सय २३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २५५ जना नयाँ संक्रमित थपिएसंगै जम्मा संक्रमित १६ हजार ४ सय २३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले बताउनुभयो ।

पछिल्लो २४ घण्टामा २ सय ५३ जना कोरोना जितेर डिस्चार्ज भएका छन् । हालसम्म कोरोनाबाट निको हुनेको संख्या ७ हजार ७ सय ५२ पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ६ हजार १ सय ३३ जनाको पीसीआर परीक्षण भएको छ ।

हालसम्म २ लाख ६६ हजार ४ सय ५७ वटा पीसीआर परीक्षण भएका छन् ।

हाल २५ हजार ४० जना क्वारेन्टिनमा बसेका छन् ।

त्यस्तै ८ हजार ६ सय ३६ जना आइसोलेसनमा रहेका छन् ।

हालसम्म ३५ जनाको मृत्यु भएको छ । हाल ७७ मध्ये तेह्रथुम, भोजपुर, सोलुखुम्बु र हुम्ला गरी चार जिल्लामा कुनै पनि कोरोना संक्रमित नभएको मन्त्रालयले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्