एनसेलले ल्यायो ‘ननस्टप युट्युब’ अफर • Image Khabar Image Khabar


एनसेलले ल्यायो ‘ननस्टप युट्युब’ अफर


Imagekhabar
२४ असार २०७७, बुधबार १५:३१

Ncell

काठमाडौं, असार २४ । एनसेलले ‘ननस्टप युट्युब’ अफर नामको नयाँ योजना ल्याएको छ ।

एनसेलले आफ्ना फोरजी ग्राहकका लागि नयाँ ‘प्लस’ थिम अन्तर्गत डेटा बन्डलिङसहित युट्युब अफर ल्याएको हो ।

यसमा मात्र एक सय रुपैयाँमा एक साताभरी युट्युब चलाउन सकिने र थप ४ जिबी अल टाइम अल नेटवर्क डेटाको सुविधा उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।

फोरजी नेटवर्कमा ननस्टप युट्युब र ४ जिबी अल टाइम अल नेटवर्क डेटा सुचारु भएको दिनबाट ७ दिनको लागि मान्य रहने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्