सुनको मूल्य फेरी उकालो लाग्यो • Image Khabar Image Khabar


सुनको मूल्य फेरी उकालो लाग्यो


Imagekhabar
२४ असार २०७७, बुधबार १५:२२

Gold increasing price

काठमाडौं, असार २४ । गत साता सामान्य ओरालो लागेको सुनको मूल्य पुनः उकालो लाग्न थालेको छ ।

बुधबार पनि सुन चाँदीको मूल्य उकालो लागेको हो ।

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ६ सयले बढेर ९१ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

गत असार १७ गते सुनको मूल्य हालसम्मकै उच्च ९१ हजार ७ सय कायम भए यता सामान्य झर्दै आएकोमा मंगलबारदेखि पुनः उकालो लाग्न थालेको हो ।

मंगलबार पनि तोलामा ७ सयले बढेर ९० हजार ९ सयमा कारोबार भएको थियो ।

बुधबार चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर ९ सय ५५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा यतिखेर सुन प्रति औंन्स १८ सय १२ डलर हाराहारीमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्