चोरीमा संलग्न आरोपमा तीनजना पक्राउ, जेलबाट छुटेलगत्तै चोरी • Image Khabar Image Khabar


चोरीमा संलग्न आरोपमा तीनजना पक्राउ, जेलबाट छुटेलगत्तै चोरी


Imagekhabar
२४ असार २०७७, बुधबार १६:१२

crime gold kathmandu

काठमाडौं, असार २४ । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा चोरीमा संलग्न भएको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ ।

विभिन्न स्थानमा सुन–चाँदी तथा अन्य पसलहरुमा भएको चोरीमा संलग्न रहेको आशंकामा उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा उदयपुरको त्रियुगा नगरपालिका–२ का ३७ वर्षीय सुमित भनिने गंगाबहादुर तामाङ, महोत्तरीको बदिवास नगरपालिका–४ का ४५ वर्षीय बुद्धबहादुर माझी र उदयपुरको रामपुर गाउँपालिका–३ का ४९ वर्षीय जंगबहादुर माझी रहेका छन् ।

बुधबार प्रहरीले पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको हो ।

गत वर्ष फागुनमा काठमाडौं महानगरपालिका–२, लाजिम्पाटस्थित दिलिपकुमार श्रेष्ठको पबि ज्वेलर्समा भएको चोरीमा उनीहरुको संलग्नता रहेको प्रहरीको दाबी छ ।

यसअघि पनि पटक–पटक कारबाही गरिएपनि जेलबाट छुटेलगत्तै चोरीमा संलग्न हुने गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्