धरानमा आगलागी • Image Khabar Image Khabar


धरानमा आगलागी


Imagekhabar
२४ असार २०७७, बुधबार १५:१६

dharan fire

सुनसरी, असार २४ । सुनसरीको धरान उपमहानगरपालिका–१४ स्थित विजयपुरमा दुई घरमा आगलागी भएको छ ।

बुधबार मध्याह्न स्थानीय विष्णु राईको घरमा खाना पकाउने ग्यास लिक भएर आगो लागेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र गिरीले बताउनुभयो ।

विष्णु राईको घरबाट सुरु भएको आगो छिमेकी कमल राईको घरमा समेत पुगेको थियो ।

आगलागीमा विष्णु राईको घर पूर्णरुपमा जलेर नष्ट भएको र कमल राईकोमा आंशिक क्षति पुगेको छ ।

आगो उपमहानगरपालिकाबाट गएको दमकल, प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा नियन्त्रणमा आएको छ ।

प्रतिक्रिया दिनुहोस्