कोरिया जाने वातावरण मिलाइदिन माग गर्दै प्रदर्शन • Image Khabar Image Khabar


कोरिया जाने वातावरण मिलाइदिन माग गर्दै प्रदर्शन


Imagekhabar
२४ असार २०७७, बुधबार १४:४०

south korea nepal

काठमाडौं, असार २४ । दक्षिण कोरियामा रोजगारीमा जान सम्पूर्ण प्रक्रिया पूरा गरी उडानको पर्खाइमा रहेकाहरुले बुधबार प्रदर्शन गरेका छन् ।

कोरोना संक्रमणको जोखिमका कारण सम्पूर्ण उडानहरु बन्द भएपछि सम्पूर्ण प्रक्रिया पूरा भएपनि कोरिया जान नपाएकाहरुले माइतीघरमा प्रदर्शन गरेका हुन् ।

दुई हप्ताभित्र पनि सरकारले कोरिया पठाउने पहल नगरे तीन हजार बढीको रोजगारी गुम्ने खतरा रहेको उनीहरुले बताएका छन् ।

रोजगारी गुमेपछि अहिलेसम्मको समय र मेहनत खेर जाने, डिप्रेसनको सिकार हुने डर भएकाले तत्काल कोरिया पठाउन माग गर्दै शान्तिपूर्ण प्रदर्शन गरिएको सहभागीहरुले बताएका छन् ।

सामाजिक दूरी कायम गरी भएको प्रदर्शनमा सहभागीहरुले विभिन्न नारा लेखेका प्लेकार्ड लिएर कोरिया जान पाउने वातावरण बनाउन सरकारसँग माग गरेका हुन् ।

प्रहरीले भने केही प्रदर्शनकारीहरुलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्