नेतृत्वभित्र देखिएका कमजोरीहरुको समिक्षा गरौं, पार्टी एक ढिक्का बनाऔंः यज्ञराज सुनार • Image Khabar Image Khabar


नेतृत्वभित्र देखिएका कमजोरीहरुको समिक्षा गरौं, पार्टी एक ढिक्का बनाऔंः यज्ञराज सुनार


Imagekhabar
२४ असार २०७७, बुधबार १२:१०

NCP, Yagya Raj Sunuwar

काठमाडौं । नेकपाका सांसद यज्ञराज सुनारले पार्टी नेतृत्वभित्र देखिएका कमी–कमजोरीहरुको समिक्षा गरि पार्टी एक ढिक्का भएर अगाडी बढ्नुपर्नेमा जोड दिनुभएको छ ।

शहिद छबिलाल कार्कीको १० औं स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले पार्टी एकता भएमात्रै समाजवाद रुपान्तरणमा अघि बढ्न सकिने बताउनुभएको हो ।

कार्यक्रममा प्रदेश १ का भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिर बाबु गुरुङले छबिलालको अधुरा सपना पूरा गर्दै जाने र स्मृति भवन निर्माणको काममासमेत साथ रहेको बताउनुभयो ।

यता, छबिलाल स्मृति प्रतिष्ठान ओखलढुंगाका उपाध्याक्ष शकुन्तला राजभण्डारीले निर्माणाधिन छविलाल स्मृति भवनले पूर्णता पाउन नसकेकोमा दुख व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्